काठमाडौं । ओपन आइज नेपाल-अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी(एसियु) को सहकार्यले जानुकाको जीवनमा नयाँ आशा जगाएको छ । जानुकालाई दायाँ आँखाका लागि विशेषरूपमा निर्मित प्रोस्थेटिक इम्प्लान्ट प्रदान गरिएको थियो भने बायाँ आँखालाई केमोथेरापी, ट्रान्सप्युपिलरी थर्मोथेरापी, क्रायोथेरापी र नियमित एनेस्थेसियाअन्तर्गत परीक्षणमार्फत् बचाउन सम्भव बताइएको छ ।
एसियुका प्रो भाइस चान्सलर ग्लोबल एण्ड एजुकेसन पाथवे क्रिस राइलीले भन्नुभयो, ‘जानुकाको कथा एसियुको सामूहिक भलाइ र विश्वभरका समुदाय तथा व्यक्तिको सम्मान वृद्धिमा प्रतिबद्धताको जीवन्त उदाहरण हो ।
क्याथोलिक संस्थाका रूपमा र सार्वजनिक विश्वविद्यालयको हैसियतमा हामीले यो अवसरलाई अर्थपूर्ण तरिकाले प्रदर्शन गर्ने एउटा महत्वपूर्णअवसरका रूपमा लिएका छौँ । एसियु एक उत्कृष्ट संस्थाको समर्थन गर्न गर्व गर्छ, जसले जीवनको दोस्रो मौका खोजिरहेका बालबालिकाका लागि जीवनरेखाको काम गरिरहेको छ ।’ एसियु–ओपन आइज नेपालबीचको सहकार्य झण्डै दुर्ई वर्ष पूरा भएको सन्दर्भमा सहकार्यबाट बालबालिकाको जीवनमा आएको परिवर्तनका कथा सुन्न पाइएको उहाँको भनाइ थियो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न