अहिलेको न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश राउत

हिमालय टाइम्स
Prakashman Singh Raut

काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनु भयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताउनु भयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनु भयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौं, खुला अदालतको रुपमा हामी सुनुवाई गर्दछौँ । र एउटा प्रक्रियामा भएका जतिपनि अवस्थाहरु छन् । त्यो सबै कानून व्यवसायीहरुको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शंका र संशय गर्ने ठाउँ नै छैन । यो निरन्तर चलिरहन्छ । यो पारदर्शीतामा यो अदालत अब्बल रुपमा आफूलाई यसले प्रस्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ ? मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभइ चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुनेगरी हामी काम नै गर्दैनौँ ।’

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा चालक घाइते कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ? नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना