बाजुरा भूकम्प अपडेट : रास्कोटमा चर्किए केहीँ घर

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 1 min

कालीकाेट । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण रास्कोटमा घरहरु चर्किएका छन् ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ का केहि बस्तीमा रहेका घरहरु चर्किएका हुन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा आएको भूकम्पका कारण वडा नं.३ र ४ का केही टोलहरुमा क्षती पुर्‍याएको छ ।

त्यस्तै वडा नं. ३ का अलि कुमाल ४ का खेमराज संन्ज्याल मन बहादुर शाही, नमराज शाही, बर्ज सुनारको घरहरु चिराचिरा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले भौतिक क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको बताउनभयाे । 'हामीले सबैतिर आफै फोन गरेर बुझ्ने काम गरिरहेका छौँ,' उहाँले भन्नुभयाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?