सहकारी संकटमा पनि कैलालीको नवजीवन उत्कृष्ट, सेयर पुँजी भन्दा दोब्बर जगेडा कोष

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । विभिन्न समस्याका कारण सहकारी क्षेत्र बदनाम भइरहेका बेला धनगढी स्थित नवजीवन सहकारी दिन प्रतिदिन प्रगति तर्फ उन्मुख भएको छ । नेपाल पत्रकार महासघं कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै सहकारी सञ्चालक समितिका अध्यक्ष देव बहादुर बमले नवजीवन सहकारी पछिल्लो समय थप प्रगति गर्न सफल भएको बताउनुभएको हो । बैङ्किङ क्षेत्रका हिसाबले मुलुककै पहिलो अनुमति प्राप्त गरेको नवजीवन सहकारी संस्था पछिल्लो सहकारी समस्याबाट कुनै प्रभावित भएको छैन ।

“हाम्रा अग्रज महेश्वर पाठक, दीपक देवकोटा, नन्दलाल जोशी, खेमराज पाण्डे लगायतले सुरु गरेको नवजीवन अहिले देशकै उत्कृष्ट सहकारी मध्ये एक बनेको छ”, अध्यक्ष बमले भन्नुभयो “हामीले अहिले ३६ हजार सेयर सदस्य बनाउन सफल भएका छौँ, १० लाख ८० हजारबाट सुरु गरिएको सेयर पुजिं हाल ३० करोड ८० लाख पुगेको छ, सबै सेयर सदस्यले पैसा फिर्ता मागे पनि नवजीवनलाई खतरा छैन, हामीसंग आजसम्म ६२ करोड रुपियाँ जगेडा कोषमा जमा छ, यदि ३६ हजार सदस्यले सेयर पुँजी फिर्ता माग्न आए पनि अझै हामीसंग आधा रकम बच्छ त्यस कारण हामी आर्थिक हिसाबमा मजबुत छौँ ।”

“सबै सहकारी डुबेको अवस्था छ, तर हाम्रो सहकारीको विधानमै उल्लेख गरिएको छ, नवजीवन सहकारीको सञ्चालक समितिमा बस्दा कुनै पनि ऋण लिन नपाइने भनेर त्यस कारण पनि हाम्रो सहकारी समस्यामा पर्दैन”, अध्यक्ष बमले भन्नुभयाे, “अहिले महिला सेयर सदस्यहरुलाईपनि जोडेका छौँ, जन्म देखी मृत्युसम्म कार्यक्रम र लघुवित्तबाट महिला जोड्यौँ र ३५ देखी ४० प्रतिशतसम्म महिला सहभागिता पुगेको छ ।” नवजीवन सहकारी विगतमा १० औँ नम्बरमा थियो, धेरै मेहनतपछि ५ औँ स्थानमा पुगेको र अब सहकारी विभाग, संसदीय सुनुवाइबाट तेस्रो नम्बरमा परेको तर घोषणा हुन बाँकी रहेको अध्यक्ष बमले बताउनुभयो ।

हामीभन्दा अगाडी देखिएका दुई सहकारीलाईपनि कसरी उछिन्ने भनेर हामी एकदम लागेका छौँ उहाँले भन्नुभयो “त्यसै कारण हामीले उत्पादन संग जोडिनका लागि गोदावरीको मजगाउँमा राइस मिल सञ्चालन गरेका छौँ, यसको धन्यवादको पात्र पूर्व अध्यक्ष चक्र बहादुर सिंह र सल्लाहकार खेमराज पाण्डे हुनुहुन्छ, त्यो मिलमा १६ हजार क्विन्टल धान राखेका छौँ, अब चामल उत्पादन सुरु भएको छ, सुदूरपश्चिममा अपनत्व हुने गरी वर्तमान कार्य समिति समुदाय सित पनि जोडिँदै गएको छ ।”

नवजीवन सहकारीलाई संस्थागत विकासका लागि उत्कृष्ट शाखा सम्मान तथा कर्मचारी सम्मानलाई पनि अगाडी बढाइएको उहाँले बताउनुभयो । यसका साथै विभिन्न सामाजिक कार्यमा नवजीवन सहकारीले सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । धनगढीको हरित धनगढी अभियान सगं सहकार्य सगैं बेहडाबाबा मन्दिरमा शौचालय, गोदावरी मन्दिर निर्माण, घोडाघोडीमा धर्मशालालगायतका काममा सहकार्य गरेको उहाँले बताउनुभयो । विगतका तुलनामा लाभान्सपनि बढाउँदै गएको उहाँले बताउनुभयो । यो वर्ष २० करोड ६४ लाख लाभांश वितरण गरिने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?