
हिजोको श्रुतिश्रवण कालमा पनि सञ्चार युग सुहाउँदो गतिमा चलेकै थियो । फरक यति हो हिजोको र आजको सञ्चारको साधन, प्रक्रिया र परिधि फरक-फरक छन् । हिजो कसैले ल्याएर सुनाउने, भनिदिने र पशुपक्षीले पनि सञ्चारमा सहयोगीको भूमिका निर्वाह गरेका थिए तर आज यही सञ्चारले विश्व नै एउटा सानो गाउँ बनाइदिएको छ । अहिले बसेकै ठाउँबाट पूरापूर संसार सञ्चारको साधनबाट हेर्न, बुझ्न र सुन्न अनि प्रत्यक्ष दृश्य हेरी हेरी कुरा गर्नु सामान्य भइसकेको छ । टाढा कतै छैन सञ्चारको आँखामा यो विश्व ब्रहृमाण्ड जति ठूलो भए नि । सञ्चारले साँघुरो बनाइदिएको छ । यस मानेमा वर्तमानको पुस्ता बहुतै भाग्यमानी साबित भएको गराएको छ ।
५९ बिसीबाट रोमनहरूले हस्तलिखित रूपमा सुरु गरेको समाचारपत्र सन् १६०५ मा जर्मनीले सर्वप्रथम साप्ताहिक रूपमा ल्यायो भने १७०३ मा आएर अष्ट्रियाले पहिलो दैनिक पत्रिकाको रूपमा अगाडि बढायो । सन् १७८५ देखि बेलायतले खबरपत्रलाई सार्वजनिकीकरण र अभिलेखीकरण गर्ने काम गर्यो । ४ जनवरी १७५३ बिहीबारका दिनमा सम्पादक एडवार्ड मुरले संसारीकरण अर्थात विश्वव्यापीकरण गराएकाले यही नै सबैका लागि पहिलो पत्रिका भन्नुपर्ने हो कि ?
लोकवेद हराउँदै जान लागेकाले यसको शोध, खोज र संरक्षणका क्रममा मैले अभियानकै रूपमा संग्रह गरिआएका कुरालाई हिमालय टाइम्सले महत्व दिएर प्रकाशनमा सहयोग पुर्याउँदै आएकाले संरक्षणको दिशामा लान सकेकोमा हार्दिक आभार प्रकट गर्दछु । यस प्रकारले लेखक र अनुसन्धानकर्तालाई सहयोग पुर्याउने काममा हिमालय टाइम्सले सहयोग पुर्याएको छ ।
दूरमनस वार्तादेखि अघि बढ्दै बाजले, परेवाले र घोडाबाट सञ्चार सेवा लिने जमानाबाट आजको मोबाइल इन्टरनेट र डिजिटलको युगमा आइपुगेका छौं । हामी शाब्दिक रूपमा खबर, सूचना, समाचार, सञ्चार हुँदै न्यूजमा आइपुगेका छौं किनकि चारै दिशाको खबर ल्याउने हुनाले यसलाई न्यूज भनियो । यसको अर्थ अंग्रेजीमा चारवटा दिशाको खबर भन्ने हुन्छ । यो मजा लाग्छभन्दा पनि, कति मीठो गरी बनाएको छ ।
अब घरतिरै फर्केर हेरौं विसं १८८६ मा वनारसबाट पहिलो पटक मासिक रूपमा नेपाली भाषाको समाचार पत्र ‘गोरखा भारत जीवन’को नामले प्रकाशित भएको थियो । विसं १९५८ मा नेपाल सरकारका तर्फबाट ‘गोरखापत्र’ प्रकाशनको प्रारम्भ भयो । यसअघि नै जनस्तरबाट मासिक रूपमा १९५५ बाट ‘सुधा सागर’ प्रकाशनमा आइसकेको थियो । २००७ तिर करिब दुई वर्ष प्रजातान्त्रिक आन्दोलनको दौडानमा ‘आवाज’ नामको पत्रिका पनि जनमानसमा पुगेको थियो । विश्वको पहिलो पत्रिका भने प्राचीन रोमबाट ५९ बिसीमा निस्किएको ‘अक्टा द्युर्ना’ नै हो । सञ्चारको इतिहासको सूक्ष्म प्रसंग यत्ति नै ।
आजभन्दा तीस वर्षअगाडि जन्मिएर अहिले आफ्नो तीन दशकको लक्का जवान युवा बयमा खेलिरहेको नेपालीहरूबीच चिरपरिचित सञ्चार सेवा पुर्याइरहेको नेपालका वर्तमानमा नेपालीहरूलाई सञ्चारमा सुसूचित गराउने राष्ट्रिय दैनिक पत्रिकाहरूकै हारमा हार मिलाइरहेको ‘हिमालय टाइम्स’को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
झण्डै पाँच वर्षदेखि एउटा स्वतन्त्र लेखकको हैसियतले म पनि यसको नियमित लेखकका रूपमा रहिआएको छु । त्यसअघि म यसलाई परैबाट हेरिरहेको र नियालिरहेको थिएँ भने अहिले केही वर्षयतादेखि निकटमा रहेकाले नजिकैबाट निशीदिन जनमनमा यसको बढ्दै गइरहेको लोकप्रियता र बिस्तारित सम्बन्धलाई हेर्दा र पाउँदा यो दशकमा निक्कै लोकप्रियता बटुलेको र लेखकहरूको मन जितेको पाएको छु । किनकि प्रखर समीक्षक, लेखक, प्राध्यापक, अध्यापक, विश्लेषकहरू र अनुसन्धानमूलक कृतिहरू पनि यसबीचमा यस पत्रिकामा पढ्न पाउँदा सञ्चारका पाठकमात्र होइन व्यावसायिक लेखक विद्वानहरूको यसमा संलग्नता र सक्रियता देखिनुले आउँदा दिनमा अरू उज्यालो र फराकिलो हुने कुरामा म निक्कै आशावादी छु ।
आफ्नै गीत आफ्नै बाँसुरी भने झैँ मैले श्रुतिश्रवण कालदेखि हाम्रो लोकमानव समाजमा चलिआएका आहान, उखान, टुक्का, उक्ति, सुक्ति, कहावत, कर्खा, गाथा, लोकगीत, लोककथा, लोकचर्चा, गाली, जनश्रुति, श्राप (सराप), सिलोक, लहरी, सबाई, अर्ति, उपदेश जो जति हिजो एक पुस्तापछि अर्को पुस्तामा सर्दै आयो त्यो हाम्रो समूल गाथा हो त्यही मौलिक गाथा हाम्रो नेपाली भाषा साहित्यको माता हो । त्यसैले यी सबैको समुच्च समग्र ज्ञान दिने नेपाली भाषाको अलिखित सुनिआएको शास्त्रीय वेदभन्दा पुरानो लोकशास्त्र हो हाम्रो लोकवेद ।
यही लोकवेद हराउँदै जान लागेकोले यसको शोध, खोज र संरक्षणका क्रममा मैले अभियानकै रूपमा संग्रह गरिआएका कुरालाई हिमालय टाइम्सले महत्व दिएर प्रकाशनमा सहयोग पुर्याउँदै आएकाले संरक्षणको दिशामा लान सकेकोमा हार्दिक आभार प्रकट गर्दछु । यस प्रकारले लेखक र अनुसन्धान कर्तालाई सहयोग पुर्याउने काममा हिमालय टाइम्सका व्यवस्थापक परिपक्व पत्रकार तथा विश्लेषक प्रधान सम्पादकको सक्रियताले बहुपक्षीय सञ्चार र संरक्षण भएको कुरालाई यहाँ उल्लेख गर्नु अन्यथा नहोला ।
‘अमन्त्रं अक्षरम् नास्ति, नास्ति मूल मनौषधम्, अयोग्य पुरुषो नास्ति, योजक स्तत्र दुर्लभ’ भने झैँ कसै न कसैको संयोजन हुनै पथ्र्यो त्यो यो दशकमा भएकाले हिमालय टाइम्सको उन्नतिमा सघाउ पुगेको छ भन्ने पनि यो पंक्तिकारको ठहर हो । मूर्ति त ढुंगामा पहिल्यै हुन्छ तर असली कालीगढ मूर्तिकारको हात नपरी त्यो स्वरूप खुल्दैन भन्ने मेरो अभिप्राय पनि हो । अन्त्यमा हिमालय टाइमसको लोकप्रियता बढेर स्तर चुलिएर शिखर चुम्न सफल होस् तीसौं वर्ष प्रवेशको अवसरमा मेरो यही शुभकामना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच