
हिमालय टाइम्स राष्ट्रिय दैनिक ३०औँ वर्ष प्रवेश गरेको छ । बितेका २९ वर्षहरूको यात्रा जस्तो भए पनि हाम्रो भविष्यका लागि पाठ नै हो । हिमालय टाइम्सले जन्मकालदेखि नै निरन्तर स्वतन्त्रता, समृद्धि, शान्ति, मानव अधिकार, विकास, सामाजिक न्याय, सहिष्णुता र सद्भावका पक्षमा आफूलाई निरन्तर अग्रसर गराएको छ । बहुदलीय पद्धति, बहुलवादी समाजको निर्माणमा प्रेसले खेल्नुपर्ने आफ्नो तहको भूमिका यस पत्रिकाले पनि खेलिरहेको छ । विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति पूर्ण विश्वस्त रहेर हामी शासकीय शुद्धीकरणका पक्षमा, सुशासनका पक्षमा र विकासका पक्षमा दृढ छौँ । सूचना दिनु र लिनु मात्रै होइन राष्ट्रको समग्र प्रगतिमा प्रेसको भूमिका अहम् हुन्छ भन्ने हाम्रो मान्यता छ ।
इम्प्रेसन पब्लिकेसन प्रालिबाट प्रकाशित भइरहेको यस दैनिकप्रति पाठक, विज्ञापनदाता, ग्राहक, शुभेच्छुक र संस्थामा रहेर कार्यरत पत्रकार, कर्मचारी, प्राविधिक साथीहरूबाट प्राप्त सहयोग र संस्थामा गरेको परिश्रम सदा प्रशंसनीय छ । यसबेला विगतमा जस्तै सम्पूर्ण क्षेत्रको सहयोग निरन्तर हुनेछ भन्ने विश्वास पुनः प्रकट गर्दछौँ । हामीलाई स्नेहपूर्वक लेख रचना दिनुहुने विद्वान् लेखक, साहित्यकारहरूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ ।
३०औँ वर्षको सन्दर्भमा प्रकाशित हुन लागेको विशेषाङ्कमा आफ्नो स्नेहाशिक्त शुभकामना प्रदान गर्नुहुने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङज्यूप्रति हार्दिक आभार प्रकट गर्दछौँ । आगामी यात्रा सहज हुने विश्वासका साथ नयाँ वर्षको यात्रा आरम्भ गरेको उपलक्ष्यमा पुनः सबैलाई सफलताको हार्दिक शुभकामना ।
आभा मिश्र
अध्यक्ष
उज्ज्वल शर्मा
कार्यकारी निर्देशक
इम्प्रेसन पब्लिकेसन प्रालि
१० पुस २०८१
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच