
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घन्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।
सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बिचमा उहाँ संघीय संसदको सांसद पदवाट निलम्बन भइसक्नुभएको छ ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण यसअघि उहाँ अदालतमा गए पनि बयान दिन नपाए पछि यसै हिरासतमा फर्कनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच