
काठमाडौं । दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलमा पहिलोपटक ‘ग्रासरुट फुटबल प्रशिक्षण-२०८१’ सञ्चालन भएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा शनिबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गर्नुभएको थियो ।
सो क्रममा महानिरीक्षक अर्यालले ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरूको बौद्धिक, भावनात्मक र शारीरिक विकासमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । यसअन्तर्गत ६ देखि १५ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको छ ।
महानिरीक्षक अर्यालले फुटबल खेलमा रुचि राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र सर्वसाधारणका सन्ततिलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालय परिसरमा नवनिर्मित बक्सिङ रिङको समेत उद्घाटन गर्नुभएको थियो । उहाँले बक्सिङ विधाका खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि आधारभूतस्तरको नेपाल एपिएफ बक्सिङ प्रशिक्षण रिङको निर्माण गरी प्रशिक्षण गराउन लागिएको बताउनुभयो ।
ग्रासरुट फुटबल प्रशिक्षणमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका १२९ सन्तति, अमर तथा अवकाश प्राप्त सशस्त्र प्रहरीका चार सन्तति र सर्वसाधारण नागरिकका १३५ सन्तति गरी कुल २६८ जना सहभागी रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच