काठमाडौं । सिजल एण्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा समाजसेवी पेन्सल भेनिया निवासी मेघ सुवेदीको जन्मदिनको अवसरपारी संस्थाको नेपालमा रहेको सिजल एण्ड सिष्टर फाउण्डेशनका अध्यक्ष संचित भण्डारीको संयोजकत्वमा सफलता एचआइभी शिक्षासदन कीर्तिपुरका बालबालिकालाई सहयोग गरिएको छ ।
फाउण्डेशनले यस भन्दा अघिका दिनमा पनि थुप्रै असाहय आश्रम तथा विपद्का बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पीडितलाई ५० लाखभन्दा बढीको राहत सहयोग गरेको थियो । साथै जुनसुकै अवस्थामा पनि सहयोगका लागि अघि बढी रहने फाउण्डेशनका नेपाल अध्यक्ष सञ्जित भण्डारीले जानकारी दिनुभयो ।
निर्देशक, कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले सहजीकरण गरेको कार्यक्रममा चलचित्र निर्देशक मदन घिमिरे, संगीतकार राजेन्द्र बजगाईं, सञ्चारकर्मी तथा समाजसेवी राज लुइँटेल, निर्देशक जीवन शाही, सञ्चारकर्मी तथा गीतकार एवं मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सिजल एण्ड सिष्टर फाउण्डेशनका कार्यक्रम संयोजक राजन भण्डारी, सचिव तथा कोषाध्यक्ष डिल्लीराम सिग्देल, सदस्य संगीता खड्का, फोटोग्राफर, निर्देशक तथा सञ्चारकर्मी कुबेर तामाङ, छिटो पोष्टका स्वस्तिका पन्थी, दिपेश गुरुङ र चुरो खबरका सम्पादक तथा गायक प्रमोद डिजिको उपस्थिति थियो ।
कार्यक्रममा सफलता एचआईभी शिक्षासदनकी प्राध्यापक र शिक्षकलाई राहत हस्तातन्तरण गरिएको थियो । साथै कार्यक्रममा केक काटेर रमाइलो पनि गरिएको थियो । सो अवसरमा सदनकी बालिकाले गाएको गीत सुनेर संगीतकार राजेन्द्र बजगाईंले गीत रेकर्ड गरिदिने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच