नेपालमा च्याउको अवस्था कस्तो छ ?
पछिल्लो समय च्याउ खेती विस्तार हुँदै गएको छ । विगतमा फ्रेस च्याउसमेत भारतबाट आउने गरेकोमा अहिले केही जातबाहेक बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।
प्रशोधित च्याउ त आयात भइरहेको छ नि ?
हो, खासगरी गोब्रे क्यानिङ च्याउहरू आयात हुने गरेको छ । गोब्रे फ्रेस च्याउ पनि आयात हुन्छ भने अन्य ड्राई च्याउ पनि आयात हुने गरेको छ । च्याउको विविधीकरण हुन नसकेका कारण आयात भएको हो ।
किन तरकारीका रूपमा फ्रेस च्याउको मात्रै खपत छ ?
हो, हामी अझै पनि प्रशोधन तहसम्म पुग्न सकेका छैनौँ । तरकारीबाहेक अचार बनाउने, ड्राई गरेर भण्डारण गर्ने क्रम पनि सुरु भएको छ । त्यसो त केही व्यवसायी च्याउ उत्पादन, प्रशोधन निर्यातसम्मको तयारीमा लाग्नुभएको छ ।
बजार अभावमा च्याउ फाल्नुपरेको त छैन ?
अहिलेसम्म त परेको छैन तर मूल्य पाइँदैन । च्याउ चाँडै बिग्रिने वस्तु भएकाले मूल्यका लागि पर्खिएर बस्न पनि सकिन्न । किसानले व्यापारीकै भाउमा बेच्न बाध्य हुनुपरेको छ ।
च्याउका लागि सरकारले के गर्दैछ ?
च्याउमा खासै कार्यक्रम छैनन् । बजेट पनि छैन, केही ज्ञान केन्द्रहरूले केही किसानलाई अनुदान दिन्छन् । अनुदानमा सबै किसानको पहुँच छैन । अनुदान वितरण समावेशी नभएकाले अधिकांश अनुदानबाट वञ्चित रहेको अवस्था छ । त्यसैले अनुदानभन्दा पनि च्याउ अनुसन्धानमा सरकारले लगानी गर्नुपर्ने हाम्रो माग छ । मुख्य कुरा यसमा सरकारको नीति नै छैन । सरकारले स्पष्ट नीति नबनाउँदा च्याउमा मनपरीतन्त्र चलेको छ ।
च्याउ प्रवद्र्धनका लागि के गर्नुपर्ला ?
नेपालका अधिकांश जंगलमा विभिन्न प्रकारका च्याउ कुहिएर गएका छन् । खानयोग्य त्यस्ता च्याउ व्यावसायिकीकरण गरी निर्यातसमेत गर्न सकिन्छ । रैथाने च्याउको प्रवद्र्धन गर्नुपर्छ । अहिले नेपालमा च्याउ बिमाको ७५ प्रतिशत सरकारी अनुदानको प्रावधान छ तर कार्यान्वयनमा समस्या छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच