दसजना दक्ष चिकित्सकद्वारा कपिलवस्तु जिल्लामा पहिलो पटक सिटि स्क्यान सेवा शुरु 

अविजित पन्थी अर्घाखाँची, संवाददाता
अविजित पन्थी अर्घाखाँची, संवाददाता
Read Time = 3 mins

कपिलवस्तु । कपिलवस्तु जिल्लामा निजी क्षेत्रको लगानीमा स्वास्थ्य क्षेत्रमा नयाँ कामको सुरुवात भएको छ । बाणगङ्गा नगरपालिका चार नं.को व्यस्त बजारको बीचमा सिटि एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि. बाट औपचारिक रूपमा सिटी स्क्यान सेवा शुभारम्भ गरिएको हाे ।

यस प्रालिका डा. प्रशान्त आचार्यले सिटी स्क्यान सेवाको सञ्चालनसँगै कपिलवस्तु जिल्लाभित्रका विभिन्न क्षेत्रका बिरामीहरूलाई सुविधा पुग्नुका साथै उपचार सेवासमेत अब बाहिर जिल्ला तथा बुटवलसम्म जान नपर्ने गरी सेवा विस्तारलाई प्रभावकारी बनाई पाँच वर्षदेखि २७ वर्षसम्म काम गरेको अनुभवका चिकित्सकहरूद्वारा बिरामीहरूलाई छिटो र छरितो रुपमा सेवा दिने बताउनुभयाे ।

आचार्यले उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको बताउनुभयाे । उहाँले भन्नुभयो,- "१० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरी २४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरेका छौं ।"

करिब तीन करोड लगानीमा सिटिस्क्यान सेवा सुरु भएको उहाँले बताउनु भयो । सिटी स्क्यान सेवा बिरामीहरूका लागि प्रत्येक दिन दक्ष विशेषज्ञ चिकित्सकले सञ्चालन गर्ने कार्यतालिका समेत रहेको छ । सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामीले गुणस्तरिय सेवा प्राप्त गर्नेमा आफुहरु विश्वस्त रहेको डाक्टर आचार्यले विश्वास व्यक्त गर्नुभयाे ।

'मुख्यत: कपिलवस्तु जिल्लामा पहिलो सिटी स्क्यान मेसिन आएको छ । सामुदायिक तथा निजी क्षेत्रमा पनि यो सुविधा सञ्चालन हुन सकेको थिएन । टाउको सम्वन्धी विरामी तथा दुर्घटनाका घाइतेहरुले सिटी स्क्यानकै लागि बाहिर जिल्ला जानु पर्थ्याे’, आचार्यले भन्नुभयाे, 'कपिलवस्तु जिल्लामै मेशीन भित्राएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।’ बिरामीलाई सहज होस् भनी ठूलो लगानीमा कपिलवस्तुबाट सेवा सञ्चालनमा ल्याइएको डाक्टर आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?