
काठमाडौं । आगामी माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’का दुई नयाँ पोष्टरहरू र मोशन पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोष्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले जानकारी गराउनुभयो ।
एक पोष्टरमा प्रमुख कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोष्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोष्टरले चलचित्रको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् ।
स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेख्नुभएको यस चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । अदृत फिल्म्स् र अमोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनीश भुसाल रहनुभएको छ ।
चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नुभएको भने सम्पादन निमेष श्रेष्ठले गर्नुभएको छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिनुभएको छ भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गर्नुभएको छ । पोष्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहनुभएको चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच