
बैतडी । बैतडीमा भन्सार छली गरेर ल्याएका ३२ पेटी बिँडीसहित दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मंगलबार जिल्लाको छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरेर ल्याएका बिँडी र गाडी नियन्त्रणमा लिइएको हो ।
दोगडाकेदार गाउँपालिका - ४ लट्कली भन्ने स्थानबाट से १ ज ८४४ नम्बरको जिपबाट ८ लाख १६ हजार मुल्य बराबरको १६ पेटी बिँडी र सोही वडा घर भएका जिप चालक २६ वर्षीय सुरज सिंह ठगुन्नालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिनुभयो ।
यसैगरी सुर्नया गाउँपालिका - ६ रिगा भन्ने स्थानबाट से १ ज २४१ नम्बरको जिपबाट अन्दाजी ८ लाख १६ हजार मुल्य बराबरकै १६ पेटी बिँडी र सुर्नया गाउँपालिका वडा नं २ घर भएका २१ वर्षीय हरिश बिष्टलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
दुवै चालकसहितका गाडी र अवैध बिँडी भन्सार कार्यालय झुलाघाटमा आवश्यक कारवाहीको लागि पठाएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच