
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर एकदेखि पाँच सम्मका आठ वटा बस्ति पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । आज जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले ताँजकोटका विभिन्न आठवटा बस्ति भिरालो जमिन भएकाले उच्च जोखिममा रहेको बताइएको छ ।
ताँजकोट गाउँपालिकाको वडा नम्बर एकको कोलपेल्ना, वडा नम्बर दुईको दलितबाडा, वडा नम्बर तीनको भ्यालबाडा, र रोकायाबाडा, वडा नम्बर चारको ओखडेना, वडा नम्बर पाँचको लोटपाटा र दलित बाडा बस्ति उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायाण् पाण्डेयले बताउनुभयो । भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै ताँजकोट गाउँ कार्यपालिकाले पुस तीन गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । जोखिममा रहेका बस्ति सुरक्षित स्थान स्थान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ति विकास सम्बन्धि कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको बताइएको छ । साथै उक्त बस्ति स्थान्तरणका लागि भूगर्वविद र अन्य दक्ष प्राविधिक सहितको टोलीबाट स्थलगत अध्ययनको लागि गृह मन्त्रालय विपद तथा द्धन्द्ध व्यवस्थापन महाशाखा र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष नारायण पाण्डेयको अध्यक्षतामा जिल्ला प्रशसन कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको बताइएको छ ।
बैठकले जिल्लामा विभिन्न समयमा हुन सक्ने विपतका घट्ना र त्यसको पूर्व तयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो ।
त्यसैगरी विपदका घट्नाबाट पूर्ण क्षति भइ आफु बसोबास गर्दै आएका घर लगायतका संरचना गुमाउन पुगेका प्रभावितहरुलाई जिल्ला विपत व्यवस्थापन कोषबाट मिती २०८१ साल साउन एक गतेदेखि पुस १५ गतेसम्म प्रभावित २५ परिवारलाई उपलब्ध गराइएको राहत रकम रु तीन लाख तीस हजार अनुमोदन गर्ने बताइएको छ । प्रत्येक पिडित परिवारलाई रु १५ हजारका दरले राहत उपलब्ध गराइएको हो ।
यस्तै मंसिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर सात रोडिकोट र सिमकोट गाउँपापलका वडा नम्बर आठ यांगु गाउँका आगलागी पिडितको घर पुन निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्यि विपत तथा जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारीस पठाउने निर्णय भएको छ । जिल्लामा हुन सक्ने विपतका घट्नालाई मध्येनजर गर्दै हेलिकप्टरको समेत माग गर्न सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच