
रौतहट । रौतहट प्रहरीले लाखौँ मूल्यको सामान बरामद गरेको छ । विभिन्न ठाउँ भएर तस्करहरुले तस्करी गरी ल्याएको सामान रौतहट प्रहरीले बरामद गरेको हो । गत दुई दिनमा रौतहट प्रहरीले चार लाखभन्दा बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।
आइतवार रातिको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका ६ स्थित बाँसघारीमा लुकाएर राखेको अन्दाजी १ लाख ७ हजार ९ सय रुपैया बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको छ ।
यसै गरी सोमवार प्रहरीको गस्ती टोलीले गौर नगरपालिका ८ हनुमान मन्दिर अगाडिबाट म.प्र. ०३ ००१ ह १९२० नम्बरको ई–रिक्सामा भारतबाट भन्सार छली चोरी गरी अवैध रुपमा नेपालतर्फ पैठारी गरी ल्याउँदै गरेको करिब १० हजार २४० रुपैया बराबरको ७ बोरा युरिया मल, ५० केजी चिनी र ४६ केजी मैदा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि दीपक रायले बताउनु भयो ।
यसै गरी ई–रिक्साको मूल्य पनि करिब ३ लाख तोकिएको छ । सामानसहित ई–रिक्सा गरी ४ लाख १८ हजार १४० रुपैया बराबरको सरसामान नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
ई–रिक्सा चालक विधिचन सहनीसमेतलाई नियन्त्रणमा लिई नियमानुसार आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको डिएसपी रायले जानकारी गराउनु भयो ।
भन्सार छलीको सामान नियन्त्रणको लागि रौतहट प्रहरीले निरन्तर अभियान चलाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच