
झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवलमा बुधबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कचनकवल -७ तारावनाकी ३५ वर्षीया केलावती राजवंशीको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
दिपज्योति वन क्षेत्र बाहिर घाँस -दाउरा गएको बेला राजवंशीलाई जंगली हात्तीले आक्रमण गरेको थियोे । हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
शरीरका विभिन्न भागमा चोट लागेकी उनको त्यहाँ उपचार असम्भव भएपछि ओमसाई पाथीभारा अस्पताल रेफर गरिएको र थप उपचारका लागि लाँदै गर्दा गरेर बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक रोहितकुमार मगरले बताउनुभयो।
केलावती ससुरा मतिलाल राजवंशीसहित गाउँका महिला साथीहरूसँग वनमा गएको बनियानी प्रहरीले जनाएको छ । केलावतीसँग वन गएका अरुले भागेर ज्यान जोगाएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच