काठमाडौं । अमलाको उपयोगिता अमलाको फल खाना पचाउने, रक्तअल्पत्ता , कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ ।
यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो ।
अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ ।
भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ।
यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ। यसलाई अचार तथा विभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ।
अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।
यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ । अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।
यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।
आयुर्वेदमा अमलालाई रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने, वाथ रोग हर्नसक्ने, मानसिक तथा शारीरिक शक्तिमा बृद्धि गराउने, खानामा रुचि, स्मरण शक्तिमा वृद्धि, कपाल बलियो, चम्किलो, लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरीरमा भएका विजातीय द्रव्य (दूषित तत्व) निकाल्न मद्दत गर्ने, कब्जियत हटाउने, रगत शुद्ध बनाउने, वीर्य शुद्ध पार्ने, आँखा तेजिलो पार्ने, दाँत बलियो गराउने, अति स्वस्थकर फलको रुपमा लिइएको छ र यसलाई पनि अमृत फलअन्तर्गत उल्लेख गरिएको छ ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच