काठमाडौं । सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ गर्ने भएको छ । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने जानकारी गराएको हो । वैदेशिक रोजगार क्षेत्रमा देखिएका चुनौतीका विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनाउपर पृष्ठपोषण लिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी पाँच सयजनाको सहभागिता रहने बताइएको छ ।
हाल नेपालको रोजगार बजारमा संकुचन आएकाले समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने सहसचिव डण्डुराज घिमिरेले विश्वास व्यक्त गर्नुभयो । श्रम बजारका लागि उद्योग र प्रतिष्ठानको भूमिका र देशका लागि सम्पूर्ण आपूर्ति शृंखलामा समेत रोजगारीका विषयमा छलफल गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो ।
उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानी न्यून हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको, समग्र कृषि र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्यून हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको पनि घिमिरेले बताउनुभयो । श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भन्दै उहाँले श्रमिकको माग बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि