बागलुङ र गुल्मी जोड्ने सडक १८ वर्षपछि कालोपत्र गरिदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । बागलुङ र गुल्मी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बरेङको हुग्दीशिरदेखि गुल्मीको शान्तिपुर जोड्ने सडक ट्रयाक खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । दुई जिल्ला जोड्ने मुख्य सडक चालु आर्थिक वर्षमा बरेङ गाउँपालिकाले विनियोजन गरेको बजेटले कालोपत्र गर्न सुरु गरिएको हो ।

वि.सं. २०६३ सालमा बागलुङको दक्षिण भेगलाई जोड्नेका लागि निर्माण गरिएको यस सडक लामो समयसम्म कालोपत्र नहुँदा स्थानीय हिउँदमा धुलो र बर्खामा धुलोले आजित बनेका थिए । सडक कालोपत्र गर्नका लागि रु ८१ लाख ८५ हजार १९८ मा सम्झौता भएर काम सुरु भएको बरेङ गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

आगामी बैशाख १५ गतेसम्म सम्पन्न गर्ने गरि सिजन विल्डर्सले जिम्मा लिएको उहाँको भनाइ छ । सडक कालोपत्रका लागि गत मंसिर ८ गते सम्झौता भएको इन्जिनियर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बजेटले बरेङ गाउँपालिकाको केन्द्र हुग्दीशिरदेखि घट्टबोटसम्मको एक किलोमिटर सडक कालोपत्र हुने छ ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले डेढ दशक अगाडि ट्रयाक खुलेको सडक स्तरोन्नति गरि कालोपत्र गर्न सुरुवात गरेको बताउनुभयो । दैनिक दर्जन बढी गाडी ओहोरदोहोर गर्ने सडक वर्षौँदेखि स्तरोन्नति हुन नसक्दा दक्षिण बागलुङका हजारौँ नागरिकले समस्या भोग्नु परेको उहाँको भनाइ छ । दुई जिल्लालाई जोड्ने सडक कालोपत्र भएपछि गुल्मी र बागलुङका नागरिकलाई यात्रा गर्न र सामान ढुवानीमा निकै सहज हुने अध्यक्ष शर्मा बताउनुहुन्छ ।

“यो सडकको ट्रयाक खुलेको झण्डै दुई दशक भयो, तर अहिलेसम्म व्यवस्थित बन्न सकेको थिएन, यस वर्ष गाउँपालिकाले बजेट व्यवस्थापन गरेर काम सुरु गरेको छ,” अध्यक्ष शर्माले भन्नुभयो - “अहिले सुरुवात गरेका छौँ, एकै पटक सबै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर क्रमिक रुपमा गर्दै जाने छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?