
रोम । इन्टर मिलान इटालियन सुपर कपको फाइनलमा पुगेको छ । डेनजेल डमफ्रिजको उत्कृष्ट प्रदर्शनको मद्दतले एटालान्टालाई २-० ले पराजित गर्दै इन्टर फाइनलमा पुगेको हो ।
नेदरल्याण्ड्सका अन्तर्राष्ट्रिय खेलाडी डमफ्रिजले खेलको दोस्रो हाफको चौथो मिनेटमा नजिकबाट गरेको उत्कृष्ट फिनिसमार्फत इन्टरलाई अग्रता दिलाउनुभयो । त्यसपछि उहाँले खेलको ६१औं मिनेटमा बक्सको छेउबाट शक्तिशाली प्रहार गर्दै आफ्नो दोस्रो गोल गर्दै इन्टरको जित सुनिश्चित गर्नुभयो ।
सुपर कपको फाइनल खेल जनवरी ६ मा हुनेछ । उपाधिका लागि इन्टर मिलानले युभेन्टस वा एसी मिलानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच