काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । प्रेस चौतारी नेपालको एसोसिएट प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका पुडासैनीको गएराति उपचारको क्रममा ३३ वर्षको उमेरमा निधन भएको हो ।
बेलकोटगढी –९, नुवाकोट स्थायी निवासी पुडासैनी नेपाल भ्यूज अनलाइनको उपसम्पादक हुनुहुन्थ्यो ।
पत्रकार पुडासैनी माउन्टेन टेलिभिजन, आजतक भारतीय टेलिभिजन, हिमालयन टाइम्स दैनिक, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका मिडियामा काम गर्नुभएको थियो ।
पत्रकार पुडासैनीको निधनप्रति प्रेस चौतारी नेपालले गहिरो दुःख व्यक्त गरेको छ । चौतारीका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै पत्रकार पुडासैनीको अकल्पनीय निधनले सङ्गठन तथा पत्रकार क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
पुडासैनीको अन्त्यष्टि नुवाकोटको देवीघाटमा हुने परिवारका सदस्यले जनाएका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच