लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारसिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्वपूर्ण स्तरवृद्धि गर्नेछ । स्पेसएक्सका अनुसार, स्टारसिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठुलो सुधार ल्याउनेछ ।
स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ ।
स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारसिपले १० स्टारलिंक सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारसिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामुहिक रूपमा स्टारसिप भनिन्छ ।
नासामा स्टारसिपले महत्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ का लागि योजना गरिएको छ । रासस/सिन्हृवा ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न