काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल पुनः निर्वाचित हुनुभएको छ । सिबिफिनको पाँचौँ वार्षिक साधारणसभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय (महालक्ष्मी विकास बैंक), उपाध्यक्षमा कुशप्रसाद मल्ली (रिलायन्स फाइनान्स), महासचिवमा प्रचण्डबहादुर श्रेष्ठ (हिमालयन बैंक), कोषाध्यक्षमा तुलसीराम अग्रवाल (एनआइसी बैंक), सह-कोषाध्यक्षमा गौरव बुढाथोकी (गोर्खा फाइनान्स) रहेका छन् भने सचिव थानेश्वर पौडेल (शाइन रेसुंगा डेभलपमेन्ट बैंक) रहनुभएको छ । उहाँले एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयललाई पराजित गर्नुभएको थियो ।
सदस्यमा राजाराम खड्का (कुमारी बैंक), डा. बालगोपाल वैद्य (एभरेष्ट बैंक), लिलाप्रकाश सिटौला (प्रभु बैंक), मनोजकुमार गोयल (एनएमबी बैंक), डा. चन्द्रबहादुर अधिकारी (नेपाल बैंक), राधेश पन्त (ग्लोबल आइएमई बैंक), रमण नेपाल (लक्ष्मी सनराइज बैंक), सुदीप आचार्य (कामना सेवा विकास बैंक), चिन्तामणि भट्टराई (लुम्बिनी विकास बैंक) र लक्ष्मीप्रसाद मर्हजन (प्रोग्रेसिभ फाइनान्स) रहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच