काठमाडौं । आज आइतबार साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।
शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन । यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् ।
तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।ॐ सूर्याय नमः
सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणिस् सूर्यादित्योम
ऊँ घृणिस् सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नमः
हरेक आइतबार गर्नुहोस् यी काम
शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।
ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् । आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच