
काठमाडौं । मिस लिटल नेपाल वर्ल्डको सिनियर क्याटागोरीतर्फको उपाधि अभिदी विश्वकर्माले चुम्नुभएको छ । काठमाडौं सम्पन्न समारोहमा अभिदीले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । उक्त सौन्दर्य प्रतियोगितामा फस्र्ट रनरअप पिन्छेन तामाङ, सेकेण्ड रनरअप असृ रुपाचा हुनुभयो । मिस एण्ड मास्टर लिटल नेपाल वल्र्ड २०२४ सम्पन्न समारोहमा उहाँहरूलाई उक्त उपाधि प्रदान गरिएको थियो ।
कानुन तथा न्याय राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यमा, चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा जुनियर क्याटागोरीतर्फ ईस्मा अधिकारीले उपाधि हात पार्नुभयो भने फष्र्ट रनरअप कलस मानन्धर, सेकेण्ड रनरअप कृतिका थानी र थर्ड रनरअप दृश्ना चापागाईं र जिविका जिसी हुनुभएको थियो ।
यसैगरी मास्टर्सतर्फको उपाधि सफर लामिछानेले हासिल गर्नुभयो भने फष्र्ट रनरअप गविस जिसी र सेकेण्ड रनरअप सिमोन अधिकारी हुनुभएको थियो ।
सिनियर क्याटागोरीबाट मिस नेपाल २००० उषा खड्गी तथा जुनियर क्याटागोरीबाट सञ्चारकर्मी सरीता ज्ञवाली मुख्य निर्णायक रहनुभएको थियो । मिस एण्ड मास्टर लिटल नेपाल वल्र्ड २०२४ मा भाग लिएका बालबालिकाहरूमध्यबाट सर्वोत्कृष्ट, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूलाई अवार्डका साथै गिफ्ट हृयाम्पर पनि प्रदान गरिएको थियो । विजेताहरूले २०२५ मार्चमा हुने अन्तराष्ट्रिय पेजेन्ट मिस लिटल इन्टरनेशनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच