क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीकाे कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेकाे कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार  २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् ।

कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरुको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । “रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदिबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता