काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रुपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाई अर्थात् १५ प्रतिशत बिउ पुँजीसहित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजना सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
यो योजना विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमबीच नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…