काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत पारित गरेको छ ।
बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृतिका साथै सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश गरी चुक्ता पुँजीमा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले बैंकतर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत आवश्यक काम गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच