काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन आगामी माघ ४ गतेदेखि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट आउने यो शो साँझ आठ बजे टेलिभिजनमा र साढे आठ बजे युट्युब च्यानलमा हेर्न सकिने जनाइएको छ ।
यस सिजनमा कोचहरूमा केही परिवर्तन गरिएको छ । लोकप्रिय लोकदोहोरी गायक खेम सेञ्चुरी र लोकप्रिय गायिका मेलिना राई यस सिजनमा नयाँ कोचका रूपमा आबद्ध हुनुभएको छ । यसअघि पनि कोचको भूमिका निर्वाह गरिसक्नुभएका राजु लामा र उदय सोताङले यस सिजनमा पनि प्रतिभाशाली प्रतिस्पर्धीलाई मार्गदर्शन गर्नुहुनेछ ।
ब्लाइन्ड अडिशनमा ६१ जना प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गर्दै दर्शक र कोचहरूको मन जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम