नेपाल प्रचूर मात्रामा प्राकृतिक स्रोतको धनी भए पनि किन गरिब नै छ ? यो प्रश्न निरन्तर उठिरहने गरेको छ । यसका मुख्य दुई कारण हुनसक्छन् । पहिलो प्राकृतिक स्रोतको दाहोन, उपयोग गर्ने सीप र जाँगरको अभाव दोस्रो भयानक भ्रष्टाचार । यसमा अरू पनि थपिँदै जालान् । तर अब प्राकृतिक स्रोतबारे विशेष चासो, चिन्ता र खोजी आरम्भ भएको छ । प्रसंग हो पेट्रोलियम पदार्थको । चिनियाँ कम्पनीको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेकोमा त्यहाँ प्राकृतिक ग्यास तथा तेल रहेको पुष्टि भएको छ । यसबाट नेपालीहरूमा खुशीको सञ्चार हुनु स्वाभाविक हुन आउँछ । आवश्यकता नै आविष्कारकी जननी हुन् भन्ने भनाइ छ । हामीलाई यही आवश्यकताले डोहोर्याएर सफलताको नजिकसम्म पु¥याएको छ । दैलेख जिल्लाका विभिन्न ठाउँमा प्राकृतिक ग्यास रहेको संकेत पाइएपछि ती ठाउँहरूमा अन्वेषण सुरु गरिएको थियो । यस अन्वेषणको पछाडि वर्तमान संविधान निर्माणको सन्दर्भ जोडिन आउँछ । नेपालमा वर्तमान संविधान २०७२ सालमा निर्माण भएको हो । यसमा भएका केही व्यवस्थाहरूका कारण भारत सरकारले यसलाई केही समयपछि मात्र घोषणा गर्न सुझावसहित प्रतिनिधि पठाएको थियो ।
खास गरी तराईका नेपालीहरूको अधिकार स्थापित नभएको भनेर भारतले त्यसो गरेको थियो तर नेपालले पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि संविधानसभाको दोस्रो निर्वाचन गरेर बल्ल सबैको सहमति जुटाएर यो संविधान लागू गर्ने तयारी भएको थियो । देश महाभूकम्पले थङथिलो भएको थियो । यस्तो बेलामा समेत भारतले संविधानमा व्यवस्था गरिएका प्रावधानहरूमाथि पुनर्विचार गरी तराई मूलका नागरिकहरूको अधिकारमा वृद्धि गर्नुपर्ने सुझाव दिएको थियो । त्यहीबेला त्यस्तो आग्रह गर्न आएका भारतीय प्रतिनिधिको आग्रह स्वीकार नगरी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दृढताका साथ उक्त संविधान घोषणा गराउनुभएको थियो । यही बाहनामा भारतले अघोषित रूपमा नेपालमा नाकाबन्दी लगायो ।
त्यसपछि डटेर उक्त नाकाबन्दीको सामना गर्दै नेपालले विकल्प खोजी गर्न सुरु ग¥यो । चीनबाट इन्धन ल्याउने प्रयास पनि भयो र नेपालमै खोजी गर्नेबारे पनि सोचियो । यही क्रममा दैलेखमा बढी सम्भावना देखेर नै सरकारले चिनियाँ सरकारसँग सम्झौता गरी त्यसको अन्वेषण सुरु भएको हो । चिनियाँ कम्पनीले ड्रिल गरेर अन्वेषण सुरु गरेको लामै समय भइसकेको छ । हालै यस अन्वेषणको अन्त्यतिर पुगेको, त्यहाँ प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थ भएको पुष्टि भइसकेको अवस्था छ । त्यसो त अन्वेषण गरेर खोजी गर्नसक्ने हो भने नेपालका धेरै ठाउँहरूमा प्राकृतिक ग्यास र तेल पाउनसक्ने प्रबल सम्भावना छ ।
किनभने नेपालका धेरै ठाउँहरूमा प्राकृतिक ग्यास आफैं निरन्तर निस्किरहने र ननिभिकन आगो बलिरहने भएको कारण ती ठाउँहरूमा निश्चय प्राकृतिक ग्यास र तेल रहेको अनुमान गर्न गाह्रो छैन तर कुरा के मात्र हो भने ती–ती ठाउँमा कति–कति मात्रामा ग्यास र तेल छ भन्ने अनुमान तथा मापन पहिलो प्रश्न हो । त्यो भने अन्वेषणबाट मात्रै थाहा हुने कुरा हो । थोरै परिमाणमा भएको ठाउँमा ठूलो लगानी गरेर उत्खनन् गर्नु उचित हुँदैन तर अनुसन्धानबाट धेरै परिमाणमा त्यस्तो पदार्थ रहेको पुष्टि गर्नसके र त्यहाँबाट त्यस्तो ग्यास, तेल निकाल्न सक्ने हो भने नेपाललाई चौतर्फी लाभ हुन सक्थ्यो । महँगी अहिलेको भन्दा आधामा झथ्र्यो र सबै उपभोग्य सामग्रीहरू सस्तो हुन जानेथियो ।
हामी आयातमुखी बनिरहेको वर्तमान अवस्थामा हाम्रा उपभोग्य सामग्रीहरू ढुवानीकै कारणले अत्यधिक महँगो बनिरहेका छन् । आफ्नै तेल र ग्यास प्रयोग गर्न पाउने हो भने नेपालीहरूको दिनचर्या नै बदलिन सक्ने थियो । रोजगारीसमेत सिर्जना हुनसक्थ्यो । काठमाडौं उपत्यकामा यस्तो ग्यास, तेल धेरै ठूलो परिमाणमा हुनसक्ने सम्भावना प्रबल छ । प्राचीनकालमा पशुपतिनाथको ज्योति निस्किएको सन्दर्भदेखि हाल ठाउँठाउँमा यस्तो ग्यास पाइएको र इनार खन्दा निसास्सिएर मानिसहरू मरेका समाचार आइरहन्छन् । ललितपुरको इमाडोलमा उत्खनन् सुरु गरेर पनि छोडिएको र लुभुमा यस्तो ग्यास निस्किरहेको ठाउँमा खुला रूपमै स्थानीयहरूले खाना बनाएर खाएको जस्ता चर्चा हालका दिनहरूमा पनि भइरहने गरेका छन् ।
दैलेखको दुल्लुमा ज्वालामुखीको संकेत पाइएको भन्ने सन्दर्भ निकै पुरानो नै हो । त्यहाँका विभिन्न पालिकामा प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थ पाइने सम्भावना भएको भए पनि सबै ठाउँमा एकै पटक अन्वेषण गर्न सम्भव हुने थिएन । त्यसकारण केही नगरपालिकामा गरिएको अन्वेषणबाट यसको पुष्टि भइसकेको छ । यसरी गरिएको ड्रिलिङका लागि भने सरकारले भैरवी गाउँपालिका छनौट गरेर अन्वेषण गरेको थियो । दैलेखमा यस्तो ग्यास र तेल रहेको पुष्टि भए पनि के कति परिमाणमा कुन स्तरको ग्यास र तेल छ भन्ने जानकारी हुन बाँकी रहेको छ । परिमाण मापनका लागि परीक्षण गर्न त्यसलाई चीन पठाइएको छ ।
पेट्रोलियम पदार्थ र ग्यासमा आत्मनिर्भर हुनसक्ने हो भने वास्तवमा हामी छिमेकी देशहरूले बेलाबेलामा हाम्रोमा आउने उपभोग्य सामग्री विभिन्न बाहानामा नपठाउँदा पनि हामी आत्तिनुपर्ने थिएन । यतिमात्र होइन हाम्रो देश प्राकृतिक पदार्थहरूमा धनी छ । फलाम, तामा जस्ता, सिसा, कोइलालगायत खानीजन्य पदार्थ, वनपैदावार, नदीजन्य सामग्री, जीवजन्तु, वनस्पति, कोइला, पानी, हिमाल जुनसुकै कुरामा पनि नेपाल अत्यन्त धनी छ तर तिनलाई निकाल्ने, दोहन गर्ने, प्रशोधन गरेर प्रयोगयोग्य बनाउने र कति मात्रामा निकाल्ने भन्नेमा भने राम्ररी सोचेरमात्र कार्ययोजना बनाउनुपर्ने हुन्छ । नवलपरासीको फलाम र मुस्ताङको युरेनियम मात्र निकालेर प्रशोधन गरी त्यसलाई निर्यात गर्नसक्ने हो भने त्यसैबाट हाम्रो देशको मुहार फेरिन सक्छ ।
यसका लागि सरकारका तर्फबाट उचित पहल हुने हो भने नेपालको आर्थिक समुन्नति हुनसक्ने निश्चित छ । हाल भइरहेको परीक्षणबाट सकारात्मक निष्कर्ष आयो भने दैलेखको प्राकृतिक ग्यास र तेलको व्यावसायिक उत्पादन सुरु गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिबाट त्यस क्षेत्रका बासिन्दाका साथै सम्पूर्ण नेपालीहरू उत्साहित बन्न पुगेका छन् । परीक्षणको प्रतिवेदन सकारात्मक आयो र सरकारले यसको व्यावसायिक उत्पादन सकेसम्म छिटो गर्नसक्यो भने विकासमा देशले फड्को मार्नेछ, नागरिकहरूले रोजगारी पाउने छन् र महँगी घट्ने विषयमा आशा गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच