किएभ । युक्रेनले रूस-युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रुसीे वायु सेनालाई सेवा प्रदान गर्ने रुसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ । क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृंखलाको यो पछिल्लो आक्रमण हो । ‘युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रुसी तेल डिपोमा आक्रमण गरेको छ’, युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘यो तेल डिपोले एंगेल्स-२ सैन्य हवाई क्षेत्रलाई इन्धन प्रदान गरेको छ, जहाँ रुसी शत्रुको रणनीतिक उड्डयन रहेको छ’, विज्ञप्तिमा भनिएको छ । रुसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए । युक्रेनको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सारातोभ क्षेत्रमा ११ सहित ३२ वटा युक्रेनी ड्रोनलाई खसालेको जनाएको छ ।
यस क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको स्थानमा आपतकालीन टोली पठाइएको जानकारी दिनुभयो । आक्रमणमा कोही पनि घाइते नभएको बुसार्गिनले बताउनुभयो ।
किएभले युक्रेनमा लडिरहेका रुसी सेनालाई आर्थिक सहयोग गर्न प्रयोग हुने रुसी ऊर्जा राजस्वमा कमी ल्याउने प्रयासको एक हिस्सा तेल प्रशोधन केन्द्रमा यसअघिका आक्रमणहरू भएको दाबी गरेको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच