काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । तीन मिनेट १५ सेकेण्डको टिजरका अधिकांश संवाद द्विअर्थी छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई प्राथमिकता दिइएको छ । टिजरमा राखिएका द्विअर्थी संवादलाई सुन्ने हो भने चलचित्रले एडल्ट कथावस्तुलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ ।
चलचित्रमा अनुप विक्रम शाही, वुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर