
काठमाडौं । अमेरिकाको ओहायो राज्यमा रमेश दियालीको उपन्यास ‘भुसको आगो’को लोकार्पण गरिएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसएस)को आयोजनामा एक कार्यक्रमबीच प्रमुख अतिथिहरू गंगाराम लामिटारे, शिवलाल दाहाल, भोला शिवाकोटी ‘पुरानाघरे’, खेम रिजाल, पुष्पा गजमेर र लीला निशाले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
लेखक रमेश दियालीले आफ्नो पुस्तकको मुख्य सन्देश र लेखन प्रक्रियाबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यस उपन्यासले नेपाली समाजको यथार्थ, प्रेम, संघर्ष र मानवीय सम्बन्धका विविध आयामलाई उजागर गरेको छ ।’
कार्यक्रममा वक्ताहरू गंगाराम लामिटारे र खेम रिजालले साहित्य प्रवद्र्धनमा यस्ता कार्यक्रमहरूको महत्वबारे प्रकाश पार्नुभएको थियो । पुस्तकको समीक्षा लेखक शिवलाल दाहालले गर्नुभएको थियो ।
दाहालले कृतिको समीक्षा गर्दै भन्नुभयो, ‘रमेश दियालीको लेखन शैली सरल र मृदुभाषी छ । उपन्यासकारले समाजका विविध पक्षहरूका सत्य र यथार्थ विषयलाई पुस्तकमार्फत् उजागर गरेका छन् ।’ कार्यक्रमको उद्घाटन र सञ्चालन अब्राहम दियालीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिएसएका अध्यक्ष अर्जुन रसाइलीले राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच