
चितवन । सामाजिक उद्यमी महिला सहकारी र त्यसमा आबद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको लागि जिओ कृषि सेवा शुभारम्भ गरिएको छ ।
सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपाल, हेफर इन्टरनेशनल नेपाल र पाथवे टेक्नोलोजी सर्भिसेस प्रा.लि.बीचको त्रिपक्षीय सहकार्यमा मोवाइल एप्समा जिओ कृषि सेवा सञ्चालनमा ल्याएको हो ।
भरतपुरमा विहीबार आयोजिक एक औपचारिक कार्यक्रमका बीच सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेल र प्रा.लि.का प्राविधिक निर्देशक विकास डंगोलले सयुक्त रुपमा जिओ कृषि सेवाको उद्घाटन गर्नुभएको हो ।
तीन बर्षमा देशभरका ३०० सामाजिक उद्यमी महिला सहकारीमा प्रयोगमा ल्याउने गरी विहीबार जिओ कृषि सेवा उद्घाटन गरिएको छ । पहिलो बर्ष ३० वटा, दोस्रो बर्षमा १५० वटा र तेस्रो बर्षमा १२० वटा सहकारीमा उक्त एम्स प्रयोगमा ल्याउने तयारीका साथ काम सुरु गरिएको हेफर इन्टरनेशनल नेपालका इनोभेसन व्यवस्थापक तारा पन्थीले जानकारी दिनुभयो । जिओ कृषिलाई परिमार्जन गरी जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।
उक्त तीन वटा संस्थाको लगानीमा सञ्चालनमा ल्याइएको सो एप्सबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा सहकारी, २५ प्रतिशत सेवा नेपाल र २५ प्रतिशत सेवा प्रदायक संस्थाले पाउने गरी सम्झौता गरिएको पन्थीले जानकारी दिनुभयो । उक्त मोवाइल एप्समा किसानका लागि जिओ कृषि फार्म, सहजकर्ताको लागि जिओ कृषि इएक्सट, सेवा नेपाल र सहकारीका लागि जिओ कृषि इन्टरप्राइजेज र सहकारी व्यवसायको लापग जिओ कृषि एग्रोभेट गरी चारवटा फिचर राखिएको उहाँले जानकारी दिनुभयो ।
कृषिलाई प्रविधिमैत्री बनाउदै कृषिजन्यबस्तुको बजारीकरणको लागि किसानसम्म सुचना पु¥याउने उद्देश्यले जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको हेफर क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलले बताउनुभयो । जिओ कृषि सेवा अनलाइन व्यापार जस्तै हो उहाँले भन्नुभयो यसले सजिलै किसानलाई बजारको अबस्थाको जानकारी दिनेछ । सेवा नेपालमा आबद्ध सामाजिक उद्यमी महिला सहकारी र ति सहकारीमा आबद्ध ४ लाख किसानहरुलाई सेवा प्रदान गर्ने गरी जिओ कृषि सेवा सुभारम्भ गरिएको हो ।
सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सहकारीले उत्पादन गरेका बस्तुहरुलाई डिजिटल प्लेटफम मार्फत बजारीकरणको लागि प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै कृषिलाई प्रविधिमैत्री बनाउने बताउनुभयो । बजारीकरणको समस्या सामधान गर्न डिजिटल प्रविधिको सुरुवात गरिएको भन्दै उहाँले प्रविधिलाई किसानको माझमा लैजान सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेले सामाजिक उद्यमी महिला सहकारीको विकासको लागि सेवा नेपालको जम्म भएको बताउनुभयो । आर्थिक अबस्था कमजोर भएको महिलाहरलाई सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध गराउने र उनीहरुलाई उत्पादनशिल कार्यमा अग्रसर गराउने सेवा नेपालको उद्देश्य रहेको उहाँको भनाई छ । सेवा नेपालमा आबद्ध सहकारी तथा तिनमा आबद्ध किसानहरुले उत्पादन गरेका कृषिजन्यवस्तुको बजारीकरणको लागि प्रविधिको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
सेवा नेपालकी सचिव शैलजा पौडेल घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा सेवा नेपालका पदाधिकारी तथा सदस्यहरु, हेफरमा विभिन्न पदमा कार्यरत कर्मचारीहरु, सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच