वेलिङटन । न्युजिल्याण्डका विस्फोटक ब्याटर मार्टिन गुप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ । उहाँले आधिकारिकरूपमा आफ्नो १४ वर्षे अन्तर्राष्ट्रिय करियरको अन्त्यको घोषणा गर्नुभएको छ । ३८ वर्षीय गुप्टिलले २००९ मा डेब्यु गर्नुभएको थियो । उहाँले अक्टोबर २०२२ मा न्युजिल्याण्डका लागि आफ्नो अन्तिम खेल खेल्नुभएको थियो । गुप्टिलले न्युजिल्याण्डका लागि तीनै ढाँचामा जम्मा ३६७ खेल खेल्नुभएको छ ।
गुप्टिलले आफ्नो करियरमा २३ अन्तर्राष्ट्रिय शतक बनाउनुभएको थियो । गुप्टिल टी-२० मा न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुनुहुन्छ । उहाँले १२२ खेलमा ३५३१ रन बनाउनुभएको छ । उहाँले एकदिवसीय खेलमा ७३४६ रन बनाउनुभएको छ ।
गुप्टिल आफ्नो पहिलो एकदिवसीय खेलमा शतक बनाउने न्युजिल्याण्डका पहिलो ब्याटर हुनुहुन्छ । गुप्टिलले आफ्नो करियरमा धेरै उत्कृष्ट इनिङ्स खेल्नुभएको छ । जसमा २०१५ को विश्वकपको क्वाटरफाइनलमा वेस्ट इण्डिजविरुद्ध २३७ रनको कीर्तिमानी इनिङ्स पनि समावेश छ । यो विश्वकपमा कुनै पनि ब्याटरले बनाएको उच्चतम व्यक्तिगत स्कोर हो ।
गुप्टिलले २०१३ मा इंग्ल्याण्डविरुद्ध अविजित १८९ र २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध अविजित १८० रन बनाउनुभएको थियो । गुप्टिलले टी–२० मा दुई शतक बनाउनुभएको छ । उहाँले २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ६९ बलमा अविजित १०१ र २०१८ मा अस्ट्रेलियाविरुद्ध ५४ बलमा १०५ रन बनाउनुभएको थियो । एजेन्सी ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि