काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डका अनुसार अलराउन्डर दीपेन्द्रसिंह ऐरी र आसिफ शेखसहितका ६ खेलाडी पिएसएलको सिल्भर क्याटागोरीमा परेका हुन् । जसमा ऐरी र शेखसहित अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी हुनुहुन्छ ।
सन् २०२१ को पिएसएल ड्राफ्टमा पनि सन्दीप लामिछाने र सोमपालसहित ११ खेलाडी थिए । प्लाटिनममा सन्दीप र गोल्ड क्याटेगोरीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी ड्राफ्टमा पर्नुभएको थियो ।
सोमपालसहित सुशन भारी, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा हुनुहुन्थ्यो । तर, कोही पनि बिक्री भने भएनन् । गत वर्ष भने नेपालबाट आठ खेलाडी पिएसएलको अन्तिम ड्राफ्टमा परेका थिए । देव, आसिफ, आरिफ, अर्जुन, दीपेन्द्र, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल परे पनि बिक्री हुनुभएको थिएन । पिएसएलमा ६ टिम सहभागी छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि