काठमाडौं । माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को टिजर सार्वजनिक गरिएको छ । झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथीसाथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरेको देखिन्छ । टिजरमा शहरीया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ ।
कोरियोग्राफरको रुपमा परिचीत निर्देशक तामाङ स्वयंको लेखन रहेको चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्नुभएको छ ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुनुहुन्छ । पुष्पा लिम्बू तथा बिनु गुरुङ सहनिर्माता रहेको चलचित्रका गीतमा शंकर थापा ‘स्माइल’ एवं नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी छ । गोपाल रायको डिओपी रहेको चलचित्रमा मित्र डि गुरुङले सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच