काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ आगामी वर्षको वैशाख १२ गतेदेखि सिनेमाघरमा आउने भएको छ । अंग्रेजीमा ‘द वल्ड्स हृयाप्पिएस्ट म्यान’ नाम रहेको चलचित्रमा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय छ । साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा हुनुहुन्छ । हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
सन् २०१९ मा ‘बुलबुल’ निर्देशन गरेका विनोद पौडेलको यो दोस्रो चलचित्र हो । बुलबुलबाटै ९२औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाउनुभएको थियो ।
निर्माता मध्यका एक अविरल थापाका अनुसार यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अद्भूत अभिनय देख्न पाइनेछ । नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्नका लागि पनि काम भईरहेको छ ।
यस चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको हो । यस चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो । यस चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच