गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३१ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताउनुभएको छ । इजरायली जेटहरूले गाजा शहरको दक्षिणमा रहेको जेटौन छिमेकमा रहेको एउटा घरमा आक्रमण गर्दा पाँच प्यालेस्टिनीको मृत्यु भएको र छ जना घाइते भएको बसालले बताउनु भयो ।

दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा रहेको एउटा घरमा इजरायली बम विस्फोटमा महिला र बालबालिकासहित सात अन्य प्यालेस्टिनीको मृत्यु भएको बसालले बताउनु भयो । बसालकाअनुसार सोही शहरमा इजरायली हवाई आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको थियो ।

इजरायली विमानहरूले खान युनिसको पश्चिममा रहेको अल-मवासी क्षेत्रमा रहेको एउटा पाललाई निशाना बनाए । जसमा एक महिला र चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको बसालले बताए । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४५ हजार ९३६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?