हत्या गरेको अभियोगमा पक्राउ

काठमाडाैं । हत्या गरेकाे अभियाेगमा प्रहरीले धादिङ र तनहुँबाट २ जनालाई पक्राउ गरेकाे छ ।

धादिङकाे खनियाबास गाउँपालिका-१ झार्लाङ बस्ने ४५ वर्षीय राम बहादुर तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय नेशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशन र सोही ठाउँ बस्ने ४५ वर्षीय खलासे तामाङले लेनदेन विवादको क्रममा पुस १४ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका राम बहादुरको जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भु काठमाडौंमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । हाल फरार खलासेको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी, तनहुँमा आफ्नै श्रीमती ३८ वर्षीया पार्बती सुनारको हत्या गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ काठेपिपल बस्ने ५२ वर्षीय दिल बहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिल बहादुरले विवादको क्रममा गए राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?