काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
आज बोलाइएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।
बैठकमा सहभागी हुन मन्त्रीहरु पुग्ने क्रम जारी रहेको छ ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो । उक्त भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्यालपनि सहभागी हुनुहुन्थ्यो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच