काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा युवाहरु नेपाला बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनु भयो । उहाँले युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरुबाट सचेत हुनुपर्ने बताउनु भयो । उहाँले अधिकारको कुरा ठूलोठस्लो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब हामीहरुले या भएन, यसो भैदिए हुन्थ्यो भन्ने जुन तपाईहरुको राय र सुझाव छ । त्यो सुझाव कार्यान्वयन गर्नेतिर नेपाल सरकार लाग्ने नै छ भन्नेकुरा विश्वास दिलाउन चाहन्छौं । खास गरेर अहिले एउटा न्यारेसन के छ भन्दाखेरि नेपालमा कोही युवाहरु बस्नै चाहँदैनन् भन्ने छ । यसरि युवाहरु नेपालमा बस्न चाहिरहेका छैनन् भनेर भाष्य निर्माण गर्नेहरुको त काम सकियो । तर यस समस्याको समाधान गर्नको लागि सबैले जिम्मेवार भएर गर्न सक्नुप-यो नि । अधिकारको कुरा ठूलठूलो श्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदाखेरि सबै पछिपछि हट्ने अनि कहाँबाट समाज अगाडि बढ्छ रु मुख्यकुरा के हो भन्दा अधिकारको कुरासँगसँगै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’
मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच