-एल बि मगर
रोल्पा । रोल्पाको त्रिबेणी गाउँपालिकाको सिमपानीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो रोल्पाबाट सुन्तला लोड गरेर रोल्पाको जुगार हुँदै नेपालगन्जतर्फ जाँदै गरेको लु १ च ८६८७ न को पिक अप जीप दुर्घटना हुँदा चालक रोल्पाको माडी गाउपालिका वडा नं १ भित्ताबाङ बस्ने बर्ष २० को हुकुम घर्तिको घटना स्थलमै मृत्यु भएको बताइएको छ।
पिकअप जीप अनियन्त्रित भई बाटोदेखि करिब २५ मिटर तल खस्न जाँदा चालकको मृत्यु भएको र अन्य १ जना घाइते भएको बताइएको छ।
घाइते हुनेमा जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका वडा नं २ नुवागाउ बस्ने सुकेन्द्र बाठामगरकी ११ बर्षकी छोरी करुणा बाठामगर रहेकी छन् ।
घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको घटनास्थलमा खटिएका ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच