साउदी अरब । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा मिडफिल्डर जुड बेलिंगमको उत्कृष्ट प्रदर्शनसँगै रियलले मालोर्कालाई ३-० ले पराजित गरेको हो । सुरुवातदेखि नै मालोर्काले आफ्नो रक्षात्मक रणनीतिले रियललाई दबाबमा राखेको थियो ।
तर, बेलिंगमले लगातार तीन प्रहारको क्रममा गोल गर्नुभयो । ६३औं मिनेटमा उहाँले गोल गर्दै रियललाई अघि बढाउनुभएको थियो । रियलले इन्जुरी समयमा थप दुई गोल गर्यो । मालोर्काका मार्टिन भाल्जेन्टले ब्राहिम डियाजको पासलाई क्लियर गर्न खोज्दा आत्मघाती गोल गर्नुभयो । त्यसपछि रोड्रिगोले तेस्रो गोल थप्नुभयो ।
रियल गत सिजनको लिग विजेता भएर यो प्रतियोगितामा सहभागी भएको थियो । मालोर्कालाई कोपा डेल रे उपविजेता टोलीका रूपमा निम्त्याइएको थियो । योसँगै उपाधिका लागि रियल र बार्सिलोना भिड्ने भएका छन् । उपाधि भिडन्त आइतबार हुनेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको थियो । एजेन्सी ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम