धनगढी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । बिहीवार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
फाइनल खेलमा जानकी थापाको अलराउण्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । बैतडीले पाएको ७२ रनको लक्ष्य १२ ओभर दुई बलमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहनुभयो ।
यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनाएको थियो । उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बैतडीका लागि जानकी थापाले दुई विकेट लिनुभएको थियो । जानकी ओम्यान अफ द फाइनलसमेत चुनिनुभया । यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बन्नुभएको थियो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका सात टोलीको सहभागिता थियो । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र