काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन् । अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सञ्जय काठमाडौं आइपुग्नु भएको हो । थानुसन र सञ्जय जनकपुर नाइट्सबाट खेल्दै हुनुहुन्छ भने गालापाथिगे धनगढी वाइल्डक्याट्सको जर्सीमा कोर्टमा उत्रिँदै हुनुहुन्छ ।
फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । यसमा विदेशी १८ खेलाडी सहभागी हुँदैछन्, जसमा भाइल्यान्डका ६, बंगलादेशका ६, श्रीलंकाका ३ र केन्याका तीन खेलाडी छन् ।
फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र