काठमाडौं । अन्तर्राष्ट्रिय टी-ट्वान्टी लिग (आईएल टी-२०) खेल्न नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल युएई प्रस्थान गर्नुभएको छ । अलराउण्डरद्वय ऐरी र मल्ल शुक्रवार युएई उडनुभएको हो ।
आईएल टी-२० मा दीपेन्द्र गल्फ जायन्ट्समा र कुशल डेजर्ट भाइपर्समा आवद्ध हुनुहुन्छ । दुवै आबद्ध टोलीको पहिलो खेल आइतबार हुनेछ । दीपेन्द्र आबद्ध टोलीले सारजहा वारियर्ससँग र कुशल आबद्ध टोलीले अबुधाबी नाइट राइटर्ससँग खेल्दै लिगको सुरुवात गर्नेछन् ।
गत संस्करणमा अनुबन्ध भएरपनि कुनै खेल खेल्न नपाउनुभएका दीपेन्द्रलाई यो पटक भने गल्फ जायन्ट्सले पहिलो खेलमै प्लेइङ ११ भित्र राख्ने अनुमान छ । कुशलको भने यो पहिलो सहभागिता हो । उहाँको खराब फर्म चिन्ताको विषय हुनसक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच