रुपन्देही । गुल्मीकोधुर्कोट गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा रुद्रमणी, परमानन्द, टोमलाल स्मृति पार्कको उद्घाटन र उहाँहरूको शालिक अनावरण गरिएको छ ।
स्मृति पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेत नारायण आचार्यले प्रमुख अतिथि भई उद्घाटन गर्नुभयो। साथै, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय धनेन्द्र कार्की र योजना आयोगका उपाध्यक्ष डा. डिल्ली राज अर्याल विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा स्वर्गीय रुद्रमणी भण्डारी, परमानन्द भण्डारी, र टोमलाल पाण्डेलाई मरणोपरान्त सम्मानपत्र प्रदान गरी उहाँहरूको योगदानको स्मरण गरियो। धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, उपाध्यक्ष सीता गिरीको स्वागत मन्तव्य, र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रमको आकर्षण हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरूको कला प्रस्तुति रह्यो। कार्यक्रममा छिमेकी पालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय नागरिक समाज, संघ–संस्था र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उपाध्यक्ष गिरीले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच