काठमाडौं । माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र चलचित्र ‘एक्टर’को तेस्रो डान्सिङ प्याट्रनको गीत ‘म पनि एक्टर बनुँला’ सार्वजनिक गरिएको छ । गीतको भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण ‘एक्टर’को सार्वजनिक गीतमा मुख्य नायक प्रिन्स थापा मगरको साथमा कृष्ण मल्ल, सरोज खनाल, निर्मल शर्माको अभिनय छ । शंकरलाल श्रेष्ठको स्वर, रामकाजी शाक्यको शब्द, सम्राट थापाको संगीत रहेको गीतको भिडियोमा माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन छ ।
पत्रकार मनोहरि थापा निर्माता रहेको ‘एक्टर’ मा प्रिन्स थापा मगर, शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, महेन्द्र मैनाली, शिवु शाहलगायतका कलाकारको अभिनय छ । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच