काठमाडौं । एकदिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, वरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्ने बुढा) लगायत नेपाली फिल्म, साहित्य क्षेत्रका व्यक्तित्व, चिनियाँ फिल्म मेकर र कलाकारको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले चाइना फिल्म डे सांस्कृतिक सम्बन्धको उत्सव भएको बताउँदै फिल्ममार्फत् दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल फिल्म हेर्नेमात्र नभई दुई देशबीचको सम्बन्ध ठूलो कुराका लागि एउटा सुरुवाती प्रवेशद्वार रहेको जिकिर गर्नुभयो । ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत् आगामी सम्बन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो,’ उहाँले भन्नुभयो ।
चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल सुन्दर र प्राचीन सभ्यता भएको देश रहेको बताउनुभयो । ‘हामी आशा गर्छांै कि यस फिल्म डेबाट चाइना र नेपालबीचको फिल्म क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ,’ उहाँले भन्नुभयो ।
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ जिनले हालका वर्षहरूमा चीनका फिल्मका लागि विश्वको ठूलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ फिल्म छायांकन भएको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, ‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेष्टिभल गर्ने सम्झौता भएको थियो ।’ दुई देशबीच उत्सव शंखृलाका रूपमा यस चीन फिल्म डे कार्यक्रमले दुई देशका फिल्म निर्माताबीचको सहयोग आदानप्रदानसमेत गर्ने उहाँले बताउनुभयो ।
‘चाइना फिल्म डे’मा सहभागिताका लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित चर्चित फिल्म ‘जी फर ग्याप’ की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड विजेता यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ, फिल्म ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’ का निर्देशक झाङ युडीलगायतका टोली नेपाल आउनुभएको छ ।
क्युएफएक्स सिनेमाको छायाँ सेन्टरमा आयोजित ‘चाइना फिल्म डे’ मा तीन चिनियाँ चलचित्र हुई साओ निर्देशित ‘हर स्टोरी’, युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको थियो । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन् ।
अभिनेत्री यु होङले कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै कार्यक्रमले दुई देशलाई अझ नजिक ल्याउने बताउनुभयो । कार्यक्रममा प्रदर्शित तीनवटै चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच